
काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थाहरुसँग विशेष सम्झौता गरेको छ । स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ बैंकले ग्राहकहरुले छुट पाउने गरी सम्झौता गरेको हो ।
महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउन डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै महालक्ष्मीले विगत ३१ वर्षदेखि बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्डबाहक ग्राहकले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तानी गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।







प्रतिक्रिया