
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले द क्लिफ नेपालमा १० प्रतिशत छुट पाउने भएका छन् । द क्लिफको सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता भएको हो ।
सम्झौतासँगै बैंकका ग्राहकले पर्वतको कुश्मामा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
सुविधा लिन बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।







प्रतिक्रिया