लाभा र बेन्को ब्रान्डको फोन बेच्ने अम्बे मोबाइलको व्यापार २७ प्रतिशतले घट्यो

84
Shares

काठमाडौं । नेपालमा लाभा र बेन्को ब्रान्डको मोबाइलफोनको आधिकारिक बिक्रेता अम्बे मोबाइलको व्यापारको २७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २७ प्रतिशतले घटेको हो।

कम्पनीले सन् २०२४ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा ८६ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ३४ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ३४ करोड २० लाख रुपैयाँ र सन् २०२१ म १ अर्ब ६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले लाभा ब्रान्डको मोबाइलफोन आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको थियो । हाल कम्पनीले बेन्को ब्रान्डको मोबाइल फोन पनि आयात गरी कारोबार गर्दै आएको छ । अम्बे ग्रुपद्वारा सञ्चालित कम्पनीको देशभर ४६ वटा रिटेल स्टोर छन् ।

शोभाकर न्यौपानेको ८३ प्रतिशत र भाद्र पौडेलको १७ प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ५८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको व्यापार लाभा ब्रान्ड सेग्मेन्टमा निर्भर रहेको छ । गत आर्थिक वर्षमा बेन्को ब्रान्डको स्मार्टफोनको सिमित आपूर्ति भएकाले व्यापार ५१ प्रतिशतले घटेको उल्लेख छ । जसमा लाभा ब्रान्डको स्मार्टफोनको व्यापार पनि ६ प्रतिशतले घटेको छ ।