नगद लाभांश दिने आईसीएफसी फाइनान्सको घोषणा

161
Shares

काठमाडौं । आईसीएफसी फाइनान्सले १५.७८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

फाइनान्सको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रूपैयाँको प्रस्तावित प्रतिशत अर्थात् १८ करोड ६८ लाख ६४ हजार रूपैयाँ बराबरको नगद लाभांश राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाको अनुमोदन पछि वितरण हुनेछ ।