
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
१३ प्रतिशतमध्ये ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । बैंकले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट उक्त लाभांस दिने घोषणा गरेको हो । बैंकले साधारणसभा पनि बोलाएको छ ।
बैंकको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ ।







प्रतिक्रिया