
काठमाडौं । शनिबार साँझ परेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण पुनः सञ्चालनमा आएको छ । बिहानैदेखि बिग्रिएको रनवेको एयरफिल्ड लाइट सिस्टम बनाउन नसकेको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको सबै उडान साँझ पर्नासाथ बन्द भएको थियो ।
अनेक प्रयासपछि पनि नबनेकामा राति साढे ९ बजेमात्र लाइट सिस्टम पुनः सञ्चालनमा आएको हो । साढे पाँच बजेदेखि आवश्यक रनवे लाइट नहुँदा उडान अवतरण हुन नसक्दा कतिपय विमान आकाशमै फन्को लगाएका थिए भने २ उडान अन्तै डाइभर्ट गर्नुपरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले समस्या समाधान भएको र अब उडान अवरण हुने क्लिकमान्डुलाई जानकारी दिए ।
सबै सिस्टम अन्डारग्राउण्ड हुने भएकोले कहाँ समस्या आएको भन्ने पत्तै लागेको थिएन । एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि धावनमार्ग अध्याँरो भएक हो ।
उडान बन्दबाट अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका थिए भने आन्तरिक उडान जुन विमानस्थलमा जहाज छन् त्यहीँ रोकिएका थिए ।
केही वायुसेवा कम्पनीले ४ बजेदेखि नै बोर्डिङ सकेर यात्रुलाई विमानस्थलमा राखेका छन् । बाटिक एयर, इन्डिगो एयर, एयर इन्डिया र कतर एयरवेजको बोर्डिङ भइसकेको छ । यसैगरी ९ बजेपछिका उडानको सेक्युरिटी चेक भइरहेको छ ।
अराइभलतर्फ कतार एयरवेजको एउटा विमान ढाका र फ्लाइदुबईको लखनाउ डाइभर्ट भएको छ । दिल्लीबाट आएको नेपार एयरलाइन्सको वाइबडीले आकाशमा १६ फन्को लगाएर विमास्थलमा ल्यान्ड भएको छ । यसैगरी अन्य ६ वटा जहाज पनि आकाशमै होल्ड भएका छन् ।
एयर अरेबिया, बाटिक एयर, चाइना साउथर्न एयरलाइन्स, नेपाल एयरलाइन्सको न्यारोबडी, सिंगापुर एयरलाइन्स र क्याथे प्यासिफिकको जहाज आकाशमा फन्को लगाइरहेका छन् ।







प्रतिक्रिया