
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
चितवनको सौराहामा आजदेखि सुरु भएको बैठकमा अर्यालले पार्टीको आगामी रणनीति, देशको वर्तमान अवस्था, जेनजी आन्दोलनसहितका विषय समेटिएको छ ।
उनले चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्वको आयात गर्न नसकिने धारणा अघि सारेका छन् ।
कुलमान घिसिङ लगायतका व्यक्तिहरुलाई नेतृत्वमा लाउने चर्चाबीच अर्यालले यस्तो धारणा ल्याएका हुन् ।







प्रतिक्रिया