
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनमा सुरु भएको छ । चितवनको सौराहामा शुक्रबारबाट बैठक सुरु भएको हो ।
पार्टीको आगामी रणनीति तय गर्न आयोजित बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक,अर्का उपसभापति डा.स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।
बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ गर्ने छन् ।







प्रतिक्रिया