नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड, माधव नेपाल सहसंयोजक

126
Shares

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाल चुनिएका छन् ।

प्रचण्ड माओवादी केन्द्रका संयोजक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल थिए । बुधबार भृकुटीमण्डपमा आयोजित संयुक्त सम्मेलनमा नेता महिन्द्र राय यादवले प्रस्ताव गरेपछि अनुमोदन भएको थियो ।

बुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टीलगायतका दलहरूबीच एकता भएको हो ।