माओवादी केन्द्रले गर्‍यो एकता प्रस्तावअनुमोदन, पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

203
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ ।

बुधवार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ । उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने पनि बताए । तत्कालिक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तीका उपलब्धीहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने उनलको भनाइ छ ।

उनले पार्टीले एतापछि गर्ने आन्दोलन शान्तीपूर्ण रहने तथा परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताए । उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधवार काठमाडौंमा आयोजना गरिने पनि बताए। उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रिय समिति गठन लगायतको कामहरु गरिने सापकोटाको भनाइ छ ।