डेडिकेटेड ट्रंक लाइन विवाद: उद्योगीको पत्रकार सम्मेलन (Live)

105
Shares

काठमाडौं । डेडिकेटेड ट्रंक लाइनका विषयमा उद्योगीहरूले पत्रकार सम्मेलन गरिरहेका छन् ।

मंगलरबा(आज) उद्योगीहरुले डेडिकेटेड ट्रंक लाइनका विषयमा नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा पत्रकार सम्मेलन आयोजनागरेका हुन् ।

सोमबार डेडिकेटेड ट्रंकलाइन विवाद समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य मन्त्री अनिल सिन्हा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल लगायत उच्च सरकारी अधिकारीसँग छलफल गरेकी थिइन् ।

त्यसक्रममा महासंघ अध्यक्ष ढकालले मध्यमार्गी प्रस्ताव गरेका थिए । उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरि दिएको सुविधा २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित रकम मानि धरौटीका रुपमा बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोड्न उनले प्रस्ताव गरेका थिए ।

त्यसक्रममा डेडिकेटेड ट्रंक लाइन विवाद मिलाउन पुरानै पुनरवलोकन समिति ब्युँताउने सहमति भएको थियो।