
काठमाडौं । निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट नियन्त्रणमा लिएको हो। उनी गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट मंगलबार पक्राउ परेका थिए।
भुसाललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्ति दिएकापछि उनी प्रहरीको निगरानीमा थिए । यसअघि माइतिघरमा प्रदर्शनका क्रममा पक्राउ परेका उनले गाँजा सेवन गरेको पाइएपछि रिह्याब पठाउने गरि छुटेका थिए ।








प्रतिक्रिया