
काठमाडौं । तीब्र उतारचढावबीच सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.७० अंकले बढेर २८५१.०९ बिन्दुमा बन्द भएको छ ।
सुरुवाती समयमा सामान्य अंकले घटेर नेप्से ११ बजेर १४ मिनेटमा पुग्दा बढेर २८५६ बिन्दुमा उक्लिएको थियो । फेरि, ओरालो लागेर बजार १२ बजेर ६ मिनेटमा पुग्दा २७८९ बिन्दुसम्म खुम्चियो ।
त्यसपछि लगातारको उतारचढावपछि अन्तिम समयतिर भने बजार लगातार बढ्दै दोहोरो अंकले बढेर बन्द भएको हो ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ४७.७१ अंकले घटेको थियो भने आइतबार ७१.०५ अंकले संकुचित बनेको थियो ।
मंगलबार नेप्सेमा कुल ११ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार भने नेप्सेमा कुल १२ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये १९५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।








प्रतिक्रिया