यलुङरी हिमालको बेसक्याम्प नजिकै हिमपहिरो, विदेशीसहित नेपाली पथप्रदर्शक सम्पर्कविहीन

154
Shares

दोलखा । रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको बेसक्याम्प नजिकै हिमपहिरो गएको छ ।

सोमबार बिहानको हिम पहिरोमा परेर केही विदेशीसहित नेपाली पथप्रदर्शक सम्पर्कविह‍ीन भएको सूचना आएको दोलखा प्रहरीले जनाएको छ । सम्पर्कविहीन विदेशी र नेपाली पथप्रदर्शको खोजी तथा उद्धारका लागि हेलिकप्टर त्यसतर्फ गएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।