नेपाल प्रहरीले अप्रिल फुल मनाएको विषय किन चर्चामा छ?

672
Shares

काठमाडौं । नेपाल प्रहरीले अप्रिल फुलको अवसरमा सचेतना अभियान सञ्चालन गरेको छ । प्रहरीले आफ्ना सामाजिक सञ्जालमार्फत एउटा क्यूआर कोड सार्वजनिक गर्दै प्रयोगकर्तालाई सोधेको छ, ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?’

क्युआर कोड स्क्यान गर्दा एक सचेतना सन्देश देखा पर्छ । ‘तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो । आज हामीले मजाक गरेका थियौं, तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा मा पनि पर्न सक्नुहुन्छ,’ क्यूआरमा भनिएको छ ।

सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रहरीले प्रयोगकर्ताहरूलाई अज्ञात स्रोत वा नचिनेको व्यक्तिबाट आएको क्यूआर कोड स्क्यान नगर्न र स्क्यान गर्नु अघि भेरिफाइ गर्न अनुरोध गरेको छ ।

Skip This