
काठमाडौं । भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’का क्रममा भएका तोडफोड, आगजनी र झडपका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान अघि बढाएपछि प्रहरी प्रधान कार्यालयले त्यतिबेला फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई हालका लागि उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।
प्रधान कार्यालयले कात्तिक १६ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमार्फत सम्बन्धित प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
पत्रमा भनिएको छ, ‘जाँचबुझ आयोग, २०८२ का सचिवालय सिंहदरबारको च.नं. १०७ मिति २०८२/०७/१६ गतेको पत्र आवश्यक कार्यार्थ संलग्न राखी पठाइएको छ । सो सम्बन्धमा बढी क्षति भएको क्षेत्रमा खटिएका प्रहरी इन्चार्जहरूलाई सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुन बोलाउनुपर्ने हुनाले हालका लागि काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । ‘
आयोगले हाल जेनजी आन्दोलनका क्रममा भएका झडप, प्रहरीद्वारा प्रयोग गरिएको बल, र त्यसबाट भएका क्षतिका प्रत्यक्ष प्रमाण संकलन, साक्षात्कार र विवरण संकलनको काम अघि बढाएको छ ।








प्रतिक्रिया