
काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेका परिवार र घाइतेहरूलाई आर्थिक सहायता स्वरूप कुल १२ करोड ८० लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ ।
गएको भदौ २३ र २४ गतेको आन्दोलनमा २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी, १० जना कैदीबन्दी र अन्य ४१ जना गरी कुल ७६ जनाको मृत्यु भएको थियो ।
भदौ २३ र २४ गतेको आन्दोलनमा मृत्यु भएका ५३ परिवारलाई आर्थिक सहायता, काजकिरिया, खाना तथा यातायात खर्चका लागि प्रतिपरिवार १५ लाखका दरले ७ करोड ९५ लाख रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सोही आन्दोलनमा घाइते भएका दुई हजार ४२९ जनालाई तत्काल भैपरी खर्च स्वरूप प्रति व्यक्ति २० हजारका दरले चार करोड ८५ लाख ८० हजार रुपैयाँ वितरण गरिएको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया