
काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ले १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ । अनमोल करियरमै पहिलो पटक १० करोड क्लबमा प्रवेश गरेका छन् ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार, फिल्मले प्रदर्शनको १६ दिनमा देशभरबाट १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ ग्रस कमाइ गरेको छ।
त्यस अवधिमा फिल्मका ३ लाख ३३ हजार टिकट बिक्री भएको बोर्डले जनाएको छ ।
सुयोग गुरुङ निर्देशित यो पर्वतीय एड्भेन्चर–रोमान्टिक फिल्मले २०८२ सालका सबैभन्दा सफल नेपाली चलचित्रहरूमध्ये आफ्नो स्थान बनाएको छ । फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरेको पनि अभिनय छ। सुयोग गुरुङ निर्देशित चलचित्रलाई अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेले निर्माण गरेका हुन् ।








प्रतिक्रिया