
काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा आंशिक रुपमा सुरु गरेको छ।
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड र आगजनीका कारण डाटा सेन्टर, विद्युतीय सवारी चालक अनुमति पत्र र सवारी दर्तालगायतका प्रणालीमा क्षति पुगेको थियो ।
प्रणालीमा पुगेको क्षतिका कारण त्यो समयदेखि विद्युतीय सवारी चालक अनुमति पत्र र सवारी दर्तालगायतको सेवा अवरुद्ध भएको थियो ।
विभागले अन्य यातायात व्यवस्था कार्यालयहरुमार्फत पनि ति दुवै सुविधा निकट समयमै उपलब्ध गराउने गरी गृहकार्य सुरु गरेको जनाएको छ ।











प्रतिक्रिया