
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन् ।
निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै निर्वाचन आयोगले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेपछि सोही आधारमा प्रहरीले फागुन ४ गते प्रसाईंलाई काठमाडौंबाट पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेशसँगै प्रसाईं थुनामुक्त हुने भएका छन्।








प्रतिक्रिया