
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच हुमागाईँलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरे ।
केही दिनअघि मात्रै रास्वपाबाट राजीनामा दिएका हुमागाईँले ७ बुँदे असन्तुष्टि सार्वजनिक गर्दै पार्टी परित्याग गरेका थिए । राजीनामा दिने क्रममा उनले रास्वपाको नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन् ।
हुमागाईँले प्रतिनिधि सभा सदस्यको उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको र समर्पित कार्यकर्तालाई पाखा लगाएर नेतृत्वको ‘चाकडी’ गर्नेहरूलाई प्राथमिकता दिइएको दाबी गरेका छन् ।








प्रतिक्रिया