ट्राफिक प्रहरी प्रभागको भवन पुग्यो बालेनको डोजर

350
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने भएको छ।

आइतबार बिहान महानगर प्रहरीको टोली थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग भत्काउन पुगेको हो । भवन भत्काउन गएपछि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले महानगरले भवन भत्काउन लागेकोबारे जानकारी नभएको बताए।

महानगरको डोजरले ट्राफिक प्रहरी प्रभाग रहेको छेउमा रहेका संरचना भत्काएको छ।