मौसमको गडबडीले अवरुद्ध तीन विमानस्थलमध्ये पोखरा खुल्यो, तुम्लिङटार र भरतपुर बन्द

168
Shares

उडान हुन नसकेका कारण आन्तरिक विमानस्थलमा हुने गरेको यात्रुको चाप । फाइल फोटो ।

काठमाडौं । मौसमको गडबडीले अवरुद्ध तीन विमानस्थलमध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण खुलेको छ । मौसमको खराबीका कारण विहीबार पनि न्यून मात्रामा मात्रै आन्तरिक उडान हुन सकेको यो विमानस्थलमा शुक्रबार पौने ११ बजेपछि मात्रै विमानस्थल खुलेको छ ।

पोखरामा सबैभन्दा बढी उडान आन्तरिक उडानमा बुध्द एयरले गर्दै आएको छ । बुध्दले दैनिक १७ वटासम्म उडान गर्ने पोखरा विमानस्थलमा विहीबार बुध्दले १० वटा मात्रै उडान गर्न सक्यो । बिहीबार हुन नसकेका सहितको उडान यो वायुसेवाले शुक्रबार थप उडान गर्ने तयारी छ । तर, शुक्रबार पनि ढिलो गरेर विमानस्थल खुलेको छ ।

झापाको भद्रपुर पनि खुला भएको छ । यो बाहेक अन्तरिक उडानमा तुम्लिङटार र भरतपुर विमानस्थल खुलेको छैन । यी दुई विमानस्थलमा विहीबार पनि उडान हुन सकेको थिए ।

भरतपुर ढिलो गरेर खुल्ने र उडान हुने भएपनि तुलिम्ङटार भने नखुल्ने गरेको कारण एक सातासम्म पनि उडान भएको धेरै पटक भइसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक विमानस्थलमा ढिला हुँदा यात्रुको चाप बढी हुने गरेको छ । यस्तो चाप धान्न विमानस्थल र सम्बन्धित वायुसेवालाई सकस पर्ने गरेको छ ।