
सिराहा । सिराहाको नवराज गाउँपालिका २ मा आयोजित दुई दिने निः शुल्क स्वास्थ्य शिविरबाट तीन सय जनाभन्दा बढी स्थानीय बासिन्दाले उपचार सुविधा प्राप्त गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी नेपाल उपशाखा नवराजपुरले मातृभूमि युवा समाज नेपाल सिराहाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
नवराजपुर गाउँपालिकाको वडा नं २ जगतपुर र वडा नं ३ मझौरामा आयोजित शिविर सञ्चालन भएको थियो ।
रेडक्रस शाखा नवराजपुरका सभापति नवीन यादवका अनुसार शिविरको मुख्य उद्देश्य गाउँ गाउँमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउने र स्थानीय समुदायलाई स्वास्थ्यप्रति सचेत बनाउने थियो। अपेक्षाभन्दा बढी सहभागीता र जनउत्साहले प्रयासलाई सफल बनाएको यादबले बताए।
शिविरमा डा ओम साह, डा अभिनाश पूर्व्, डा अमित गोहिबारका साथै मनिषकुमार यादव, नविन साह, राहुल गुप्ता, अमित मुखिया, सन्तोष यादव, राकेश यादव, सुमित यादव र उमेश यादव लगायतले आफ्नो उल्लेखनीय योगदान दिएका थिए।
उनीहरूले विभिन्न स्वास्थ्य समस्या पहिचान गरी परामर्श र औषधोपचार सेवा प्रदान गरेका थिए।
त्यसैगरी मातृभूमि युवा समाज नेपालका डाक्टर अभिनाश पूर्वेले जनसेवामुखी कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तारमा ठुलो भूमिका खेलेको बताउँदै स्वास्थ्य सेवा सबैको अधिकार भएको जानकारी दिए ।








प्रतिक्रिया