चितवनको जंगलमा दुई बस र एक ट्रक ठोक्कियो, ३३ जना घाइते,यस्तो छ घाइतेको सूची

126
Shares

चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

टिकौली जङ्गलमा एउटा ट्रक र दुई बटा यात्रुबाहक बस एक आपसमा ठोक्किदा ३३ जना घाइते भएका हुन् ।

राति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा प्र ०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको थियो ।

यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ ।

घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

यस्तो छ घाइतेको सूची

चितवन मेडिकल कलेजमा लगिएका घाइतेहरु
१. उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ
२. धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया
३. सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह
४. धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी
५. धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा
६. धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण
७. सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण
८. सोही ठाउँ बस्ने आरुष कर्ण
९. धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी
१०. रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह
११. रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र
१२. रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह
१३. रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी
१४. महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव
१५. महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ

ख. नेशनल सिटी अस्पताल भरतपुरमा लगिएका घाइतेहरु
१. धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत
२. धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह
३. सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह
४. सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह
५. रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो
६. रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर
७. रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह
८. सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह
९. रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा
१०. भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद
११. भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी
१२. भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल
१३. भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल

ग. भरतपुर सरकारी अस्पतालमा लगिएका घाइतेहरु
१. धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी
२. रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास
३. रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह
४. सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास
५. भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब