विद्युत प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका एमाले निकट मजदुर नेता गौतको निधन

581
Shares


काठमाडौं । डेडिकेटड ट्रंकलाइन विद्युत महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटेको बिरोधमा उद्योगी र मजुदरले आयोजना गरेको कार्यक्रममा बोल्दा बोल्दै बेहोस भएको एमालेनिकट मजदुर नेता कमल गौतमको निधन भएको छ ।

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष तथा कएमाले केन्द्रीय सदस्य कमल गौतमको निधन भएको हो।

भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको बिरोधमा आयोजित कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा भाषण गर्दागर्दै गौतम बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल अस्पताल लगिएको थियो ।

उनलाई अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

६५ वर्षीय गौतमको हृदयघातका कारण निधन भएको अस्पताले जनाएको छ । अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको घोषणा गरेका थिए ।

https://www.facebook.com/reel/1603952404303290

गौतम बुटवलका स्थायी बासिन्दा हुन् । प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको बिक्यौता महसुल नतिरेको भन्दै बुटवल भैरहवा करिडोरका १० उद्योगको लाइन काटेको थियो । जसेको बिरोधमा उद्योगी र मजदुरले विद्युत प्राधिकरणको भैरहवा कार्यालयमा बिहीबार प्रदर्शन गरेका थिए । सोही प्रदर्शनमा भाषण गर्दागर्दै बेहोस भएका गौतको निधन भएको हो ।