
काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमाथि बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश जारी गरेको हो । अदालतले विपक्षी पक्षलाई छलफलका लागि उपस्थित हुन समेत आदेश दिएको छ।
रिट निवेदक अधिवक्ता ढकालले आयोगका अध्यक्ष कार्की र सदस्य शर्मा दुवैले छानबिनको विषयमा सार्वजनिक रूपमा धारणा व्यक्त गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका छन् ।
उनले अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग पनि गरेका छन्।
रिटमा भनिएको छ, जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक निष्पक्षता अपनाउनुपर्ने भए पनि घटनासम्बन्धी धारणा पहिले नै सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रहमुक्त ढंगले काम हुने सम्भावना छैन ।








प्रतिक्रिया