निजी क्षेत्रको माग अनुसार चालुपुँजी कर्जा मार्गदर्शनमा संशोधन गर्ने राष्ट्र बैंकको घोषणा

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंक निजी क्षेत्रमा माग अनुसार चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्ने भएको छ । मंगलबार चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत केन्द्रीय बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गर्ने घोषणा गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणको आधारमा स्थायि चालुपूँजी कर्जाको अवधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएकोछ , ‘ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरी ३० प्रतिशतभन्दा कम गर्नु पर्ने व्यवस्था मिलाइनेछ।’

निजी क्षेत्रले वर्षमा कम्पनीमा लगातार ७ दिन चालुपूँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्थाले समस्या भएको गुनासो गर्दै आएको थियो । राष्ट्र बैंकले त्यसमा संशोधन गर्ने भएको हो ।