
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा हेटौंडाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार सवारी साधन सरुवा सहमति गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी ११ हजार ५ सय रुपैयाँ लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा पर्नेमा जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटवालसहित दुई जना रहेका छन् ।
आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।








प्रतिक्रिया