एनडीएफमा बैंकहरुले लगानी गर्ने सीमा बढाएर ३०% पुर्‍याइने

0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नन्-डेलिभरेबल फरवार्डमा लगानी गर्न पाउने सीमा बढाउने भएको छ । विदेशी मुद्रामा विदेशमा गरिने लगानीको सीमा बढाउँदा अधिक तरलताको दबाबमा रहेका बैंकहरुले थोरै भए पनि लगानी गर्ने बाटो खुल्नेछ ।

‘बैंक तथा वित्तीय संस्थाले नन्‌-डेलिभरेबल फरवार्ड लगानी गर्ने सीमा हाल कायम प्राथमिक पुँजीको २५ प्रतिशतबाट वृद्धि गरी ३० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।