डेटा सेन्टर, एआई पूर्वाधारमा विदेशी लगानी सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले डाटा सेन्टर, क्लाउड क म्प्युटिङ, रोबोटिक्स र एआई जस्ता पूर्वाधारमा विदेशी लगानीमा सहजीकरण गर्ने घोषणा गरेको छ । मंगलबार चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो ।

‘डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स र एआई लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ, ‘त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सह-वित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गरिनेछ ।’

विद्युतीय भुक्तानी कारोबारलाई थप प्रोत्साहित गर्न चेकमार्फत हुने कारोबार घटाउँदै लैजाने रणनीति अबलम्बन गर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।