बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

217
Shares

काठमाडौं । बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार भएको छ ।

घटना कार्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ । आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Skip This