मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् मन्त्री बन्ने ४ अनुहार

2.8k
Shares

काठमाडौं । सरकारमा चार नयाँ मन्त्री थपिने भएका छन् । उनीहरूको आजै शपथग्रहण गराउने तयारी रहेको स्रोतले बतायो ।

स्रोतकाअनुसार डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता मन्त्री बन्दैछन् । गौतम स्वास्थ्य तथा जनसंख्या, गणपति लाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र सुनार श्रम तथा रोजगार र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको र आजै शपथ ग्रहणको तयारी भइरहेको बताइएको छ ।