अर्थका सहसचिव टंक प्रसाद पाण्डेय बने नेपाल टेलिकमका सञ्चालक

665
Shares

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेयलाई नेपाल टेलिकमको सञ्चालक बनाएको छ । अर्थ मन्त्रालयले यज्ञ प्रसाद भट्टराईको स्थानमा पाण्डेयलाई पठाएको हो ।

अर्थमन्त्रीको असोज २१ को निर्णयअनुसार मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको असोज २३ को पत्रअनुसार पाण्डेयले २९ गते गोपनीयता र इमान्दारिताको सपथ लिइसकेका छन् ।