
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोट पुगेका छन् ।
भदौ २४ को जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको भक्तपुरको बालकोटस्थित आफ्नो घर हेर्न पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली बलकोट पुगेका हुन् ।
नेताहरु भानुभक्त ढकाल, विशाल भट्टराई, महेश बस्नेतसहित पनि ओलीसँगै बालकोट पुगेका थिए ।
जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली सेनाको सुरक्षाघेराबाट निस्किएपछि गुण्डुस्थित भाडाको भाडाको घरमा बस्दै आएका छन् ।










प्रतिक्रिया