सोमबार पनि बढ्यो सुनको मूल्य

518
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको छ । सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० तय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला पाँच रूपैयाँले बढेर तीन हजार २८० मा खरिदबिक्री हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।