
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिपावली तथा छठ पर्वको अवसरमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभिन्न चाडपर्वको अवसरमा आ-आफ्नो घर/कार्यालयलाई आकर्षक तथा झकिझकाउ बनाउन बिभिन्न किसिमका सजावटयुक्त बत्तीहरुको प्रयोग गर्दा सावधानी नअपनाईएको कारण विद्युतीय दुर्घटना हुन गइ जनधनको क्षती हुन पुग्ने गरेको र त्यस्ता घटनामा गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।
२०८२ सालको दपावली तथा छठ पर्व हर्षोल्लासकासाथ मनाउने क्रममा त्यस्तो सम्भावित विद्युतीय दुर्घटना हुन नदिन सावधानी अपनाई विद्युतीय दुर्घटना यूनिकरणको लागि आवश्यक सहयोग गरिदिनुहुन प्राधिकरणले अनुरोध गरेको छ ।
के गर्ने ?
झिलिमिली बत्ती जडान गर्दा विद्युतको पोल, टावर, स्टे, तार जस्ता विद्युतीय संरचनालाई नछुने गरी सावधानीपूर्वक जडान गर्ने।
नेपाल विद्युत प्राधिकरणको बितरण प्रणाली तथा सडक बत्तीको लाइन संरचनामा सोझै हुकिङ्ग गरी झिलिमिली बत्ती जडान नगर्ने साथै सोझै हुकिङ्ग गरी बत्ती जडान गरेको देखिएमा तत्काल नजिकको प्राधिकरणको कार्यालयमा खबर गर्ने ।
तोकिएको मापदण्ड विपरीत वितरण तथा प्रशारण लाइन मुनि पर्ने गरी धार्मिक तथा साँस्कृतिक कार्यक्रमको लागि आवश्यक संरचना निर्माण नगर्ने ।
विद्युतीय तार लत्रिएको वा चुँडिएको देखिएमा नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तत्काल खबर गर्ने ।
विद्युतीय प्रणालीमा रहेका इन्सुलेटर, तार जस्ता उपकरणहरुमा कुनै क्षती भएको देखिएमा वा विद्युत लाइन नजिक रहेका बाँस, लहरा वा रुखको हाँगाहरुले विद्युतीय लाइनमा छोएको वा छुने अवस्था देखिएमा नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा जानकारी गराउने।








प्रतिक्रिया