
काठमाडौं । हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको हो ।
प्रस्तावित लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसमेत) रहेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले यस्तो प्रस्ताव गरेको हो ।
कम्पनीले कात्तिक ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा वीरगञ्जस्थित कम्पनीको कार्यालयमा आयोजना हुनेछ । सभाका लागि कात्तिक २० गते १ दिन सेयरधनी दर्ता किताब बन्द गरिनेछ । अर्थात् कात्तिक १९ गतेसम्म कायम सेयरधनीले लाभांश तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।
कम्पनीले गत वर्ष १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिएको थियो ।








प्रतिक्रिया