ग्वाङ्जाओ जाने दुईतर्फी उडान कात्तिक २ को मात्रै रद्द, अरु नियमित: निगम

49
Shares

काठमाडौं । काठमाडौंबाट चिनियाँ सहर ग्वाङ्जाओ जाने कात्तिक २ (१९ अक्टोबर)को मात्रै उडान रद्द भएको र अरु उडान नियमित रहेको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ ।

निगमले एक प्रेस विज्ञप्ति जारी गरेरै कात्तिक २ को उडान प्राविधिक कारणले रद्द भएको र त्यस अगाडि ३० असोज (१६ अक्टोबर) र ६ कात्तिक (२३ अक्टोबर)को उडान भने हुने निगमले जानकारी दिएको छ । ती उडानमा यात्रुले अपेक्षा अनुसार टिकेट लिने भएका कारण उडान हुने निगमले जानकारी दिएको छ ।

नेपाल वायुसेवा निगमले काठमाडौं–ग्वाङ्जाओ–काठमाडौं सेक्टरको नियमित उडान तालिका बमोजिम आगामी १६ अक्टोबरमा यात्रुको लागि टिकट बिक्री गरिरहेको छ ।

निगमका अनुसार उक्त सेक्टरमा १६ अक्टोबरको लागि काठमाडौं–ग्वाङ्जाओ उडानमा सोमबारसम्ममा ६८ जना यात्रु तथा १७ अक्टोबरको ग्वाङ्जाओ–काठमाडौं उडानमा ४१ जना यात्रुहरुको टिकट लिइसकेका छन् ।

२३ अक्टोबरको काठमाडौं-ग्वाङ्जाओ र २४ अक्टोबर २०२५ को ग्वाङ्जाओ-काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको छ ।

नियमित उडान तालिका बमोजिम १९ अक्टोबर २०२५ को काठमाडौं-ग्वाङ्जाओ उडान निगमको आन्तरिक कारणले गर्दा रद्द गरिएको र सो उडानका सम्पूर्ण यात्रुहरुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको निगमको भनाइ छ ।

उक्त उडानमा यात्रु संख्या कम भई रद्द गरिएको भन्ने क्लिकमान्डुमा प्रकाशित समाचाप्रति निगमको ध्यानाकर्षण भएको जनाएको छ । ग्वाङ्जाओ निगमको यो नयाँ गन्तव्य भएको र उक्त सेक्टरको पूर्णरुपमा प्रचार प्रसार भै नसकेको हुँदा यात्रुहरुलाई सुसुचित गर्ने कार्य जारी छ भएको पनि निगमको भनाइ छ ।

टिकट बुकिङ बढ्ने क्रम रहेकोले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण संचार जगत लगायत सबैमा निगमले अनुरोधसमेत गरेको छ । उडान तालिका बमोजिम को समयमा पर्याप्त टिकट बिक्री हुनेमा निगम को विश्वास रहेको छ ।

नकरात्मक समाचारले निगमको आफ्नो वजार विस्तार योजनालाई समेत नकरात्मक असर पर्ने हुँदा यस सम्बन्धमा समाचार प्रकाशन गर्दा निगमका आधिकारिक श्रोतबाट मात्रै जानकारी लिन निगमका प्रवक्ता सुवास डाँगीले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।