आज एकैदिन ४२ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

742
Shares

काठमाडौं । नेपाली बजारमा आज( शुक्रबार) सुनको मूल्य ४ हजार २ सयले रुपैयाँले घटेको छ । बिहीबार अहिलेसम्मकै महँगो बनेको सुनको मूल्य आज ४ हजार २ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ४२ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३५ हजार कायम भएको छ ।
बिहीबार एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० पुगेको थियो।

सुनको मूल्य घटे पनि चाँदी भाउ भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार ८५ रुपैयाँ कायम भएको छ। बिहीबार सोही परिमाणको चाँदी २ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।