
काठमाडौं । काठमाडौंमा भित्रिने हरियो तरकारीमा फेरी अत्यधिक परिमाणमा विषादीको मात्रा पाइएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिहीबार भित्रिएको हरियो फर्सी, घिरौला र काक्रोमा अत्यधिक परिमाणमा विषादीको मात्रा पाइएको हो ।
केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवनको इकाइले बिहीबार उक्त बजारमा भित्रिएको हरियो फर्सीमा ४५.५९८, घिरौलामा ६५.०३० र काक्रोमा ५२.९२१ प्रतिशतको हाराहारीमा घातक विषादी अर्गानोफस्फेटको मात्रा पाइएको थियो ।
४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा पाइएका तरकारी नष्ट गर्नुपर्ने सरकारको नीति छ । यसअघि पनि बजारमा आएको तरकारीमा पटक पटक उच्च परिमाणमा विषादीको मात्रा पाइएको थियो ।







प्रतिक्रिया