सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

518
Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले रेकर्ड बनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्दै हालसम्मकै महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार असोज १२ गतेदेखि नै सुनको मूल्य दैनिक रूपमा नयाँ उचाइमा पुगेको छ। असोज १२ गते छापावाल सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँ मात्र थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको चाँदी तोलाको २ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।