दाना बेच्ने सौर्य कृषि कम्पनीले गर्‍यो साढे ३५ करोडको व्यापार

112
Shares

काठमाडौं । विभिन्न जीवजन्तुको दाना बेच्ने सौर्य कृषि कम्पनीले गत आर्थिक वर्षमा साढे ३५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१७ मा दर्ता भएको कम्पनीले सन् २०२४ को अन्तिम महिनाबाट मात्रै व्यापार सुरु गरेको थियो ।

हेटौंडामा उद्योग रहेको कम्पनीले कुखुराको दाना, गाइवस्तुको दाना, बंगुरको दाना र माछाको दाना उत्पादन गर्दै आएको छ ।

गत वर्षबाट तीब्र रुपमा सञ्चालन गरेको उद्योगले हालसम्म भने नाफा कमाउन सकेको छैन । हालको तथ्याङ्कअनुसार कम्पनीले खुद घाटा व्यहोरिरहेको उल्लेख गरेको छ । कम्पनीको अध्यक्ष सुमित्रादेवी न्यौपाने हुने भने प्रबन्ध निर्देशक गुरुप्रसाद न्यौपाने हुन् ।