
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको टुँडिखेलमा पनि दुबो रोप्ने भएको छ । खुलामञ्चमा दुबो रोपेर हराभरा बनाएको महानगरले टुँडिखेललाई पनि हरियो बनाउने भएको हो ।
बालेन्द्र शाह मेयर रहेको महानगरपालिकाले टुँडिखेलमा घाँसेमैदान बनाउने ठेक्का खुलाएको छ । जसका लागि विद्युतीय कबोल माग गरिएको छ ।
ठेक्का जित्नेले कम्तिमा पनि १० लाख रुपैयाँको काम पाउनेछ ।
महानगरका अनुसार इच्छुक आवेदकले घाँसेमैदान बनाउन कात्तिक ११ गतेअघि नै विद्युतीय माध्यमबाट कबोल गर्नुपर्नेछ ।
इच्छुक आवेदकले एनआईसी एशिया बैंकमा ५ हजार रुपैयाँ बुझाएर कबोल पेश गर्न पाउनेछन् ।









प्रतिक्रिया