सुनको भाउले आज पनि राख्यो नयाँ रेकर्ड, २३ सयले बढ्दै तोलाकै २ लाख ३५ हजार माथि

2.6k
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड राखेको छ । दशैंपछि खुलेको २ दिन लगातार रेकर्ड तोडेको सुनले मंगलबार पनि तोलाको २३ सय रुपैयाँले बढेर अर्को रेकर्ड राखेको हो ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २५ सयले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार पनि सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले बढेर रेकर्ड राखेको थियो ।

सुनको मूल्य बढ्दा मंगलबार चाँदीको मूल्य भने २९ सय ६० रुपैयाँमा स्थिर छ ।