
काठमाडौं । महावीर एग्रो प्रोडक्टको व्यापार ५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ५० प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब १ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
महावीर एग्रो पोडक्ट केडिया अर्गनाइजेशनद्वारा प्रबर्द्धित कम्पनी हो ।
सन् २०२५ मा व्यापारमा कमी आई १ अर्ब ५१ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ। कम्पनीले सन् २०२३ मा २ अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२१ मा स्थापना भएको कम्पनीले सन् २०२३ बाट व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले धान प्रशोधन गरी विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले राजहंश, नेपाली चुलो र गुड लक ब्रान्डमा प्रशोधित चामल बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीसँग वार्षिक ८४ हजार मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता छ । पर्सामा उद्योग रहेको कम्पनीमा मुक्तीकुमार अग्रवालको ४५ प्रतिशत, रतनलाल केडियाको ३७ प्रतिशत र सन्जयकुमार अग्रवालको ११ प्रतिशत र दिप्ती अग्रवालको ८ प्रतिशत स्वामित्व छ ।
कम्पनीले भारतबाट धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । कम्पनीकाअनुसार गत आवमा ५० प्रतिशतले व्यापारमा कमी आउँदा कार्यशील पुँजी लगानी र ऋणको स्तरमा धेरै कमी आएको छ । त्यस्तै कम्पनीको गत आवमा कार्यशील पूँजीको तीब्रता वृद्धि गरेर ६० प्रतिशत पुगेको छ । सन् २०२४ मा ३२ प्रतिशत मात्रै थियो ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७८ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया