
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कसैको सहयोग नपर्खी सरकारले पुनर्निर्माणको काम सुरु गरिसकेको बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खनालले कसैले सहयोग गर्छ भन्ने नपर्खी पुनर्निर्माणको काम थालनी गरिसकेको बताएका हुन् ।
‘पुनर्निर्माण सरकार र राज्यको प्राथमिकता हो । कसैले सहयोग गर्छ भने पनि त्यो सहयोगका लागि हामीले नपर्खी काम सुरु गरिसकेका छौं । कतिपय प्रहरी कार्यालय, न्यायालयहरु तत्कालै पुननिर्माण गर्नुपर्ने छ,’ खनालले भने, ‘त्यसमा आफ्नो बजेटमा काम गर्दै जानु र अपुग भएमा अर्थ मन्त्रालयले सहयोग गर्दछ भनेर हामीले भनेका छौं ।’
उनले, खर्च गर्न नसकिने, खर्च गर्न नहुने, अनुपयुक्त, अनुत्पादक आयोजनाहरुलाई स्थगनमा राखेकाले त्यसले पुननिर्माणमा काम गर्न सहयोग गर्ने बताए ।







प्रतिक्रिया