
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् ।
सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि बुधबार मात्रै कोष स्थापना गर्दै सहयोगको अपिल गरेको हो । सोही क्रममा अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरी पुनर्निर्माण कार्ययोजना स्वीकृत गरिएको छ।
पत्रकार सम्मेलनमार्फत मन्त्री घिसिङले आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको भन्दै आर्थिक पुनरुत्थान र पुनर्निर्माणका लागि सबैको हातेमालो अपरिहार्य भएको बताए । उनले संघीय, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ–संस्थालाई राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गर्न आग्रह गरे ।
सरकारले आम सर्वसाधारणदेखि सरकारी निकाय र विदेशी साझेदारसम्मलाई पुनर्निर्माण अभियानमा जोडिन आह्वान गरेको छ।







प्रतिक्रिया