
काठमाडौं । सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार अघिल्लो दिन सोमबारको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ र यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।







प्रतिक्रिया