रियल स्टिलको व्यापार १३.२५ % ले बढ्यो, करिब डेढ अर्बको कारोबार

49
Shares

काठमाडौं । रियल स्टिलको व्यापार १३.२५ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३.२५ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब २४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । गत आवमा कम्पनीको व्यापार बढ्दा १ अर्ब ४० करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै कम्पनीले सन् २०२३ मा १ अर्ब २३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार बढे पनि नाफा भने घटेको पाइएको छ । कम्पनीले सन् २०२४ मा १० प्रतिशत नाफा कमाएको थियो । सन् २०२५ मा ९ प्रतिशत मात्रै नाफा कमाएको छ ।

कम्पनीले सन् २०२५ मा १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

सन् २०१८ मा स्थापना भएको कम्पनीले सन् २०२० बाट व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले एमएस पाइप, सटर पत्ति, सटर गाइड र अन्य सामग्री उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीसँग वार्षिक ५० हजार १ सय ९८ मेट्रिक टन उत्पादन क्षमता छ । प्रेमकुमार जतिया अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३६ करोड २ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७५ करोड ३८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६१ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

नेपालमा स्टिलजन्य सामग्रीमा उच्च प्रतिस्पर्धा छ । कम्पनीले उत्पादन गर्दै आएको सामग्रीमा उच्च प्रतिस्पर्धा हुँदा निकै प्रतिस्पर्धा रहेकाले बजारमा माग बढाउन निकै चुनौती रहेको छ । साथै, उच्च प्रतिस्पर्धाका कारण मूल्यमा पनि निकै चाँप पर्ने गरेको छ ।

कम्पनीले विभिन्न प्रकारका सटर तथा पाइप उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दै आएको छ । कम्पनीले आन्तरिक बजार र भारतबाट आयात गरी कच्चा पदार्थको आपूर्ति गर्दै आएको छ ।